जनजातितर्फ सहमहामन्त्रीमा आङदेम्बेले पाए १६६०, लामा ११६९

जनजातितर्फ सहमहामन्त्रीमा आङदेम्बेले पाए १६६०, लामा ११६९


काठमाण्डु – नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको मतगणना जारी छ । कांग्रेस निर्वाचन समितिका अनुसार आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बेले मतान्तर बढाएका छन् ।

२८७३ मत गणना हुँदा उनले १६६० मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी विकाश लामाले ११६९ मत ल्याएका छन् । आदिवासी जनजातितर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।