१२ दिनपछि अवकाशमा जान लागेका जनक भट्टराई एआईजीमा बढुवा

१२ दिनपछि अवकाशमा जान लागेका जनक भट्टराई एआईजीमा बढुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

गत फागुन ११ गते आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले भट्टराईलाई एआइजी बढुवाका लागि सिफारिस गरेको थियो । एआईजी रवीन्द्र केसीले राजीनामा दिएपछि भट्टराईलाई एआईजीमा बढुवा गर्न बाटो खुलेको थियो ।

एआईजी केसीले घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए । मन्त्रिपरिषद् बैठकले मंगलबार उनको राजीनामा स्वीकृत गरेको थियो ।

प्रहरी अधिकारीहरूका अनुसार डीआईजी भट्टराईलाई एआईजी बनाउने पूर्वसहमति अनुसार नै केसीलाई राजीनामा दिन लगाइएको हो ।

सोहीअनुसार बढुवा समितिले भट्टराईलाई एआईजी पदमा बढुवा सिफारिस गरेको हो । केसी र भट्टराई एउटै ब्याचका अधिकृत हुन् ।

एआईजीमा बढुवा भएपनि भट्टराई २०८१ चैत ५ मा अवकाशमा जाँदै छन् । यो निर्णयसँगै भट्टराईले एआईजीको दज्र्यानी चिन्ह पाउने भएका छन् ।