जनकपुर- जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र अर्का उपसचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । विद्युतीय सामग्री खरिदमा अनियमिता गरेको आरोपमा अख्तियारले उपसचिव अर्जुनप्रसाद सुवेदीसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
विद्युतीय सामग्री खरिदमा अनियमितता गरेको आरोपमा प्रमुख प्रशासकिय अधिकृत सुवेदीसहित उपसचिव मदन घिमिरे ,शाखा अधिकृत ललनकुमार लाल कर्ण, लेखापाल दिनेश चौधरी र नायव सुब्बा अव्दुल जव्वारलाई प्रतिवादी बनाएको छ।
ठेकेदार कम्पनी सत्या इन्टरप्राइजेज पिपरा ७ महोत्तरीका प्रो मनिषकुमार मिश्रविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरिरहेको छ। उनीहरुविरुद्ध ११ लाख ३५ हजार विगो कायम गरिएको छ। भ्रष्टाचार निवारण ऐन बमोजिम उनीहरुमाथि कैद तथा जरिवानाको मागदाबी गरिएको छ। भ्रष्टाचार निवारण ऐन बमोजिम उनीहरुमाथि कैद तथा जरिवानाको मागदाबी गरिएको छ।
सुवेदीसमेतले सत्या इन्टरप्राइजेजका प्रो.मनिषकुमार मिश्रसँग एकआपसमा मिलेमतो गरी अनुचित प्रभावमा परी लिनेखाने दूषित मनसायले अभिप्रेरित भई खरिदसम्बन्धी कोटेसन माग गरी सत्या इन्टरप्राइजेज समेतका तीनवटा फर्मको नाममा मिलेमतो गरी एउटै व्यक्तिको हस्तलिपीबाट दररेट पेश गर्न लगाई, सत्या ईन्टरप्राइजेज दररेट स्वीकृत गरी प्रतिस्पर्धालाई सीमित हुने गरी टुक्रा–टुक्रा पारी, सत्या इन्टरप्राइजेजसँग एक आर्थिक वर्षमा पटक–पटक सीमाभन्दा बढी मूल्यमा स्वीकृत दररेटभन्दा बढी प्रकारका विद्युतीय सामग्रीहरू खरिद गरी, धनुषा जिल्लाले निर्धारण गरेको दररेटभन्दा बढी मूल्यमा खरिद गरेका सामग्रीहरूको कागजातहरूको आधारमा भुक्तानी दिई आफूहरूले गैरकानूनी लाभ लिई नेपाल सरकारलाई एघार लाख पैतीस हजार चार सय एघार रूपैयाँ सन्ताउन्न पैसा बराबरको रकम हानिनोक्सानी पुर्याएको जनाइएको छ।




प्रतिक्रिया