काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित जानकीप्रसाद यादव स्वतः निलम्बित भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बित भएका हुन् । उनी कपिलवस्तु ३(२)मा विजयी भएका थिए ।
काठमाण्डुमा सार्वजनिक सम्पत्ति (वन पैदावार) को हानिनोक्सानी गरेको आरोप लगाउँदै अख्तियारले मुद्दा दायर गरेको छ ।
लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले मुद्दाको अन्तिम किनारा नभएसम्म उनी स्वतः निलम्बनमा परेका जानकारी दिए ।




प्रतिक्रिया