काठमाण्डु – नेकपा एमालेकी नेता जानकीदेवी रामले सांसद पद तथा गोपनीयताको सपथ खाएकी छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले आइतबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सिरहाकी रामलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
एमालेले जानकीदेवीलाई प्रतिनिधिसभाको रिक्त समानुपातिकतर्फको सदस्यमा चयन गर्ने निर्णय गरेको थियो ।
रिजालकाअनुसार केन्द्रीय कमिटीले समानुपातिक उम्मेदवारको बन्द सूचीमा ८८ नम्बरमा रहेकी जानकीदेवीलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय गरेको थियो । सांसद सानु शिवाको निधन भएपछि रिक्त ठाउँमा जानकीदेवीलाई सांसद बनाइएको हो ।




प्रतिक्रिया