कांग्रेसबाट निर्वाचित वडासदस्य नेकपामा प्रबेश

कांग्रेसबाट निर्वाचित वडासदस्य नेकपामा प्रबेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसबाट निर्वाचित पर्सुराम नगर कार्यपालिका सदस्य जानकी महरा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रबेश गरेकी छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

शुक्रबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरिय स्थानीय तहका जनप्रतिनिधिहरुलाई विशेष प्रशिक्षण कार्यक्रममा नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीका लगाइलगाएर महरालाई पार्टी प्रवेश गराएका हुन् ।

नेकपामा प्रवेश गरेकी महरा स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडा १० को वडासदस्यमा निर्वा्चित भइकी थिइन्।

महरालाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले जनताको जनचाहनाअनुसार काम गर्न कार्यकर्तालाई निर्देशन दिए ।