जनकपुरधाममा विवाह पञ्चमीको तयारी सुरु

जनकपुरधाममा विवाह पञ्चमीको तयारी सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर – जनकपुरधाममा प्रत्येक वर्ष धुमधामका साथ मनाइने विवाह पञ्चमी महोत्सवको तयारी सुरु भएको छ ।

जानकी मन्दिरले बिहीबार महोत्सवको तयारीका विषयमा सर्वदलीय सर्वपक्षीय बैठक सम्पन्न गरेको छ ।

बैठकमा जानकी मन्दिरका छोटे महन्थ राम रोसन दासले यस वर्ष हुने सम्पूर्ण कार्यक्रमहरूबारे जानकारी दिएका थिए । उनका अनुसार यस वर्ष पनि अयोध्याबाट विशिष्ट व्यक्तिहरू सहितको बाराती आउनेछ र जानकी मन्दिरले बारातीहरूको स्वागत, खानपान र बासको व्यवस्थापन गर्नेछ ।

सप्ताह व्यापी कार्यक्रम अन्तर्गत यस वर्ष मंसिर ४ गते नगर दर्शनको कार्यक्रम रहेको छ भने ५ गते फूलबारी लिला रहेको छ । मंसिर ६ गते धनुष यज्ञ हुनेछ भने ७ गते तिलकोत्सव हुनेछ । ८ गते मटकोर हुनेछ भने ९ गते स्वयमवर र विवाह महोत्सव हुनेछ ।

मंसिर १० गत्ते रामकलेवा विधि सम्पन्न गरी सम्पूर्ण बारातीहरूलाई बिदा गरिने छोटे महन्थ दासले जानकारी दिए । उनले यस वर्ष पनि विभिन्न समितिहरू गठन हुने र हरेक समितिलाई जिम्मेवारी तोकेर महोत्सव भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने बताए ।

सर्वपक्षीय बैठकमा जानकी मन्दिरका पदाधिकारी, धनुषा ट्राफिक कार्यालयका प्रमुख, सम्पूर्ण सुरक्षा निकायका पदाधिकारी, उद्योग वाणिज्य संघ धनुषाका  पदाधिकारी, पत्रकार महासंघ धनुषाका पदाधिकारी, समाजसेवी, तथा स्थानीय युवा क्लबहरूका पदाधिकारी लगायत सरोकारवाला निकायहरूको उपस्थिति थियो ।