तस्बिरमा जनकपुरमा विवाहपञ्चमीको रौनक

तस्बिरमा जनकपुरमा विवाहपञ्चमीको रौनक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पहिलो दिन जनकपुरधामस्थित जानकी मन्दिरमा नगर दर्शन सम्पन्न भएको छ ।

पहिलो दिनमै हजारौंको संख्यामा आएका श्रद्धालुभक्तजनले नगर दर्शनको आनन्द लिएका छन् भने सम्पूर्ण जनकपुरवासी पनि यसमै रमाइ रहेको छ ।

मंसिर शुक्ल पञ्चमी तिथि अर्थात विवाहपञ्चमी मनाइन्छ । त्रेता युगमा यस दिन भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको विश्वासमा जनकपुरमा हार्षोल्लासपूर्वक विवाहपञ्चमी महोत्सव मनान्छ ।

विवाहपञ्चमी महोत्सवमा आएका श्रद्धालुहरु विभिन्न स्थानहरुमा आयोजन भएको संस्कृतिक कार्यक्रममा सहभागि हुँदै रमाउने गर्दछन् । मिथिलाको लोप हुन लागेको कलासंंस्कृतिहरुको झझल्को दिने जस्ता सांस्कृतिक कार्यक्रमहरुमा हेर्न पाईन्छ ।

यसमा बालबालिकाहरुलाई ,राम, सीता, लक्ष्मण बनाई नाटक प्रदर्शन , झाँकी ,नाचागान,भजनकिर्तन र भग्वानको रुपमा पूजाआजा समेत गरिन्छ । यसले श्रद्धालुहरुलाई निकै उत्साहित बनाउने गर्दछन् ।