जनकपुरधामका विद्यालयहरू थप ३ दिन बन्द

जनकपुरधामका विद्यालयहरू थप ३ दिन बन्द


जनकपुरधाम – जनकपुरधामका सम्पूर्ण सबै सामुदायिक विद्यालयहरू थप ३ दिनका लागि बन्द गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले आईतबार एक सूचना जारी गर्दै पुस २२ गत्तेसम्मका लागि विद्यालयहरू बन्द रहने जानकारी गराएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाण्डुबाट अतिआवश्यक कामबाहेक घर बाहिर ननिस्किन भनि सूचना जारी भएअनुसार बाक्लो हुस्सु तथा शितलहरका कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्ने हुँदा विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको सूचनामा उल्लेख रहेको छ । बिदा जाडो बिदाबाट कट्टा पनि सूचित गरिएको छ ।

विगत १ हप्तादेखि जनकपुरधामसहित धनुषाभर चिसो बढेर घर बाहिर निस्किन समेत गाह्रो भएको छ ।