भोलि देखि जनकपुरधाम बन्द

भोलि देखि जनकपुरधाम बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा – कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी भोलि (मङ्गलबार) देखि जनकपुरधाम बजार बन्द हुने भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष जितेन्द्रप्रसाद साहका अनुसार कोरोना भाइरसको सङ्क्रमणलाई दृष्टिगत गरी सङ्घद्वारा सो निर्णय गरिएको हो ।

मङ्गलबारदेखि चैत १६ गते आइतबारसम्म बजार बन्द रहने जनाइएको छ । सङ्घको निर्णयमनुसार सो अवधिमा अति आवश्यक वस्तुका पसल खोलिए पनि अन्य पसल पूर्णरूपले बन्द रहने छ ।