जनकपुर बमकाण्डमा पूर्वमन्त्री साहसहित ७ जना दोषी ठहर, जन्मकैद फैसला


काठमाडौं – जनकपुर बम काण्डका मुख्य नाइके पूर्वराज्यमन्त्री सञ्जय साह टक्लासहित ७ जनालाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको छ। धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको हाे ।

 ६ वर्ष अगाडि जनकपुरमा भएको बम काण्डमा दोषी ठहर गर्दै तत्कालीन सांसद एवं पूर्व राज्यमन्त्री सञ्जयकुमार साहलाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको श्रेस्तेदार राधाकान्त झाले जानकारी दिए ।

जन्मकैदको सजाय पाउनेमा सञ्जय साह ’टक्ला’ सहित अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण, रिपेन्द झा छन् । २०६९ साल वैशाख १८ गते जनकपुरको रामानन्द चौकमा भएको बमकाण्डमा ५ जनाको हत्या भएको थियो। भने ४० जना घाइते भएका थिए। । विस्फोटमा रंगकर्मी रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको मृत्यु भएको थियो ।

पूर्व राज्यमन्त्री साह २०६४ सालको चुनावमा तत्कालीन संघीय समाजवादी फोरमका तर्फबाट धनुषा–४ तथा दोस्रो संविधानसभा चुनावमा सद्भावनाका तर्फबाट धनुषा–३ बाट विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement