जनकपुरमा सरकारविरुद्ध प्रदर्शन

जनकपुरमा सरकारविरुद्ध प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम– शुक्रबार जनकपुरमा सरकारविरोधी प्रदर्शन भएको छ ।

गुठी तथा कुट्टीको जग्गा खाली गराउने सरकारी अभियान रोक्न माग गर्दै प्रदर्शन भएको हो ।

‘गुठी–कुट्टी घरजग्गा व्यवस्थापन संघर्ष समिति’ को अगुवाइमा प्रदर्शनकारी सरकारविरुद्ध सडकमा उत्रिएका हुन् ।

प्रदर्शनकारीले गुठी संस्थान, जनकपुरधाम उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन् ।

पुस्तौँदेखि गुठी तथा कुट्टीको जग्गामा बसोबास गर्दै आएका परिवारलाई हटाउने प्रक्रिया तत्काल रोक्नुपर्ने माग उनीहरूको छ ।

संघर्ष समितिका अध्यक्ष सन्तोष साहले पटकपटक सरकारलाई आफ्ना मागबारे जानकारी गराउँदा पनि सम्बोधन नभएपछि सडकमा उत्रिनुपरेको बताए ।

बसोबासको वास्तविक अवस्था र तथ्यांक यकिन नगरी उनीहरूलाई अतिक्रमणकारी भन्दै संरचना हटाउन खोजिएको साहको आरोप छ ।

समितिले गुठी तथा कुट्टीको जग्गामा बसोबास गरिरहेका परिवारको अवस्था र जग्गा यकिन गरी सरकारले मुआब्जा उपलब्ध गराएर रैथाने नम्बरीमा परिणत गर्नुपर्ने माग गरेको छ ।

सरकारले माग सम्बोधन नगरी जग्गा खाली गराउने प्रक्रिया अघि बढाए आन्दोलनलाई थप सशक्त बनाउने साहले चेतावनी दिए ।