जनकपुरधाममा दुई समूहबीच झडप : भोलि रातिसम्म निषेधाज्ञा जारी

जनकपुरधाममा दुई समूहबीच झडप : भोलि रातिसम्म निषेधाज्ञा जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धनुषाको जनकपुरधाममा दुई समूहबीच झडप भएपछि भोलि रातिसम्मको लागि निषेधाज्ञा जारी भएको छ ।

देवपुरास्थित तेलिया पोखरीमा हिन्दुहरुको छठ पर्वमा घाट बनाउने विषयमा तथा मन्दिरको जग्गा अतिक्रमणको विषयमा अस्ति विवाद भएको थियो त्यसै विषयमा आज फेरि दुई समूहबीच हिंसात्मक झडप भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

रुपैठामा केही व्यक्ति तथा समुदायले सम्रदायिकतामा खलल पुग्ने गरी तथा सद्भाव खलल हुने गरी नारा जुलुस निकालेपछि निषेधाज्ञा जारी गरिएको बताइएको छ । शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३क) बमोजिम कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, घेराउ, ¥याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ।

देवपुराको पूर्वमा जलाद नदीको कलरी बाँध, पश्चिममा जनकपुर–जटही दोबाटो, उत्तरमा हनुमाननगर बहुअर्बा जाने बाटो र दक्षिणमा निमचोकदेखि बहुअर्बा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाल बास्तोलाले जानकारी दिए। आजको झडपमा दुवै समूहका र प्रहरी गरी केही व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र हवाइ फायर पनि गरेको थियो ।