काठमाण्डु – मधेश प्रदेशमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई २ सय ५० किलोको मालाले स्वागत गरिएको छ ।
सोमबार विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउन जनकपुरधाम पुगेका अध्यक्ष ओलीलाई २०५ किलोको माला तथा गमछा लगाएर सम्मान गरिएको हो ।
एमालेको जनकपुरधाम नगर कमिटीका पदाधिकारीले उक्त सम्मान गरेका हुन् । सो कार्यक्रममा जसपाका प्रतिनिधि र प्रदेश सभा सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् ।
जसपाका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधिसभा सदस्य रुही नाज र प्रदेश सभा सदस्य अञ्जुकुमारी यादव एमाले प्रवेश गरेका हुन् ।
यस्तै, नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति सन्तोष यादव, जसपाका केन्द्रीय सदस्य रामउदिन राम, शम्भु साह, पूर्व राज्यमन्त्री अरबिन्द साहसहितका पनि एमाले प्रवेश गरेका छन् ।
जनकपुरधाममा भएको कार्यक्रममा उनीहरु सबैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माला तथा गमछा लगाएर पार्टीमा स्वागत गरेका छन् ।




प्रतिक्रिया