जनकपुर – मुख्यमन्त्री, मन्त्री लगायतको फोटोमा जुत्ता प्रहार गर्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिरोमाइलस्थित घर भएका रोशनसिंह राना, विमलेश चौधरी, शंकर साह र रोशन ठाकुर रहेका छन् ।
गत आर्थिक वर्षमै सम्पन्न गरेको योजनाको भुक्तानी नदिएको भन्दै प्रदेश २ का मन्त्रीहरु मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायको तस्बिरमा एक कार्यक्रम आयेजना गरि उनीहरुले जुत्ता प्रहार गरेका थिए ।
पक्राउ परेकाहरुमध्ये रानासमेत अधिकांश निर्माण व्यवसायी हुन् । उपभोक्ता समितिमार्फत काम गराएको र आर्थिक वर्ष समाप्त भएको छ महिनासम्म पनि बजेट निकासा गर्ने ग्यारेन्टी नगरेको भन्दै उनीहरुले विरोधस्वरुप उक्त कार्यक्रम आयोजना गरेको बताएका छन् ।
‘असक्षम सरकारका असक्षम मन्त्री, उपभोक्ताको पैसा कहिले ?’ लेखिएको मुख्यमन्त्री तथा मन्त्रीहरुसहितको तस्बिर अंकित व्यानरमा उनीहरुले जुत्ता हानेर विरोध प्रदर्शन गरेका थिए ।




प्रतिक्रिया