जनकपुरमा बाटोमा पैसा छरियो, २ जना महिलाको खोजी

जनकपुरमा बाटोमा पैसा छरियो, २ जना महिलाको खोजी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले जनकपुरमा बाटोमा पैसा फ्याँक्ने दुई जना महिलाको खोजी तिव्र पारेको छ ।

उनीहरुको तस्वीर सीसीटीभीमा देखिएको जनाउँदै प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको छ । जनकपुरधाम–४ महावीरचोक सडकमा नेपाली रूपैयाँ छररे फरार रहेका २ जना सीसीटीभीमा देखिएका हुन् ।

उनीहरुको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ । सीसीटीभीमा कालो रंगको कपडा लगाएकी एक महिलाले मुख छोपेकी छिन् भने अर्की पहेंलो कपडा लगाउने महिलाको अनुहार देखिएको प्रहरीले जनाएको छ ।

अन्दाजी ४०÷४५ वर्षका रहेको ती महिलाले दिउँसो साढे १२ बजे रूपैयाँ छररे भागेका हुन् । बरामद गरिएको उक्त रूपैयाँ कोरोनाभाइरस सङ्क्रमणसम्बन्धी शङकास्पद भएकाले परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको जनाएको छ । पैसा छरिएको एरियामा सेनिटाइजर छरिएको प्रहरीले जनाएको छ ।