काठमाण्डु – सांसद गोमालाभ सापकोटालाई पदमुक्त गर्न जनमत पार्टीले सभामुख देवराज घिमिरेलाई पत्राचार गरेको छ ।
सांसद सापकोटाले अनुशासन उल्लंघन गरेको भन्दै जनमतले उनलाई पदमुक्त गर्न फागुन २७ गते पत्र पठाएको छ ।
सापकोटालाई पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकबाट साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ । लगत्तै जनमत पार्टीले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ अनुसार संघीय संसद् सचिवालयलाई पत्र पठाउँदै सांसद पदबाट हटाउन सिफारिस गरेको छ ।
सभामुख देवराज घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीले पत्र प्राप्त भएको जानकारी दिए । उनले भने, ‘फागुन २७ गते पत्र आएको छ । अध्ययन भइरहेको छ ।’




प्रतिक्रिया