जनकपुरधाम – मधेश प्रदेशको मुख्यमन्त्री जनमत पार्टीलाई दिन ३ दल सहमत भएका छन् ।
मधेशको सबैभन्दा ठूलो दल नेकपा एमाले, जनमत र माओवादी केन्द्रबीच जनमतको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।
एमाले संसदीय दलका नेता सरोजकुमार यादव, जनमतका संसदीय दलका नेता महेशप्रसाद यादव र माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता पत्रमा उल्लेख छ, ‘मधेश प्रदेशमा निर्माण भएको नयाँ राजनीतिक परिस्थितिमा प्रदेशमा रहेको भ्रष्टाचार लगायत सबै प्रकारको बेथिति अन्त्य गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको लागि आज मिति २०८१/०२/१७ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनमत पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दलको सहभागितामा नयाँ संयुक्त मधेश प्रदेश सरकार जनमत पार्टीको नेतृत्वमा बनाउने निर्णय भएको छ ।’
सरकारमा सहभागी भएका दलह बीच आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग पनि संवाद अघि बढाउने निर्णय भएको छ । मधेश प्रदेश सभामा हाल १०६ सदस्य कायम रहेकोमा बहुमतका लागि ५४ सदस्यको समर्थनको आवश्यकता छ ।
प्रदेश सभाका ३ दलसँग ४७ सांसद छ । एमालेका २५, जनमतका १३ र माओवादी केन्द्रका ९ जना सांसद छन् ।
लोसपा नयाँ गठबन्धनमा गएको अवस्थामा सरकार बनाउने अवस्था छ । लोसपाका ८ जना सांसद छन् ।
मधेस सरकारको नेतृत्व दिने सहमतिपछि जनमतले दियो प्रधानमन्त्रीलाई विश्वासको मत !




प्रतिक्रिया