काठमाण्डु – जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको बिहीबार बसेको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले भोलि २८ असारमा प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।
‘हाम्रो प्राथमिकता मधेश सरकार हो । मधेशमा कांग्रेस र एमालेले हामीलाई समर्थन गरेका छन् । त्यसैले हामीले नयाँ गठबन्धनलाई साथ दिने निर्णय गरेका हौँ,’ प्रवक्ता डा. यादवले भने ।
निर्वाचनमा भाग लिएको पहिलो पटक नै राष्ट्रिय पार्टी बन्न सफल जनमत पार्टीका प्रतिनिधिसभामा ६ सांसद छन् ।




प्रतिक्रिया