जनमत र नागरिक उन्मुक्ति पार्टीको एकता घोषणा कार्यक्रम स्थगित

जनमत र नागरिक उन्मुक्ति पार्टीको एकता घोषणा कार्यक्रम स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको घोषणसभा स्थगित भएको छ ।

घोषणसभा स्थल प्रज्ञा भवन परिसरबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम स्थगित भएको हो ।

चौधरीलाई बुधबार काठमाडौँ प्रहरी परिसरले नियन्त्रणमा लिएको हो । पक्राउ गर्नुको कारण खुलाइएको छैन ।

यता प्राविधिक समस्या आएको भन्दै पार्टीबीचको एकता घोषणासभा सुरु हुन नपाउँदै स्थगित भएको हो ।

बुकिङमा कमजोरी देखिएको भन्दै प्रज्ञाले दिउँसो १ बजे सम्म ढोका नखोल्दा सहभागीहरू प्रवेश गर्न पाएका थिएनन् ।