काठमाण्डु – जनमत पार्टीले आज शुक्रबारदेखि वडा तहदेखि प्रदेशसम्मको अधिवेशन गर्दैछ ।
केन्द्रीय सचिवालयको निर्णयअनुसार वडा, पालिका, जिल्ला र प्रदेश अधिवेशनको मिति तोकेर सोहीअनुसार कार्यान्वयन गर्न पार्टी अध्यक्ष सीके राउतले मातहतको कमिटीलाई निर्देशन दिएका छन् ।
जनमतले मंसिर १५ गतेदेखि माघ १५ गतेसम्म सबै वडा अधिवेशनहरू पूरा गर्न निर्देशन दिएको छ । माघ १५ देखि फागुन १५ गतेसम्म ७५३ वटै पालिकामा अधिवेशन गर्न निर्देशन गरिएको छ । फागुन २० गतेभित्र अधिवेशन गरिएका वडा र पालिका तहका कमिटीको माइन्युटको प्रतिलिपि पार्टी सचिवालयलाई पठाउन निर्देशन दिइएको छ ।
जनमतले चैत्र ३ गते जिल्ला अधिवेशनको मिति तय गरेको छ । २०८१ वैशाख २४–३० गतेभित्र प्रदेश अधिवेशन गरिसक्न जनमतले निर्देशन दिएको छ ।





प्रतिक्रिया