ओली सरकारले संसदलाई पङ्गु बनायो: राष्ट्रिय जनमोर्चा

ओली सरकारले संसदलाई पङ्गु बनायो: राष्ट्रिय जनमोर्चा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमत्री केपी शर्मा ओलीले जारी संसदको हिउँदे अधिवेशन अन्त्य गरेकोप्रति चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ ।

सो पार्टीले मंगलबार एक विज्ञप्ति जारी गर्दै संसद पुनस्र्थापना भए पनि ओली पुनस्र्थापित संसदको विरुद्ध रहेको भन्दै संसद भंग गर्ने शर्तमा ओली अन्य शक्तिहरूको जुनसुकै शर्त मान्ने स्तरसम्म झरेको आरोप लगाएको छ ।

‘संसदको पुनस्र्थापना भए पनि ओली पुनस्र्थापित संसदका समेत विरुद्ध रहँदै आएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘ पुनस्र्थापित संसदलाई निष्प्रभावी बनाउने उद्देश्यले सरकारले संसद अधिवेशन शुरु भएदेखि नै संसदलाई कुनै बिजिनेस (काम) नै नदिई पङ्गु बनाउने र संसदले उठाएका विषयमा कुनै सुनुवाई नै नगरी अधिनायकवादी शैली अपनाएका थिए र छन् । त्यही नीतिको परिणाम संसद भंग गर्ने शर्तमा ओली अन्य शक्तिहरूको जुनसुकै शर्त मान्ने स्तरसम्म झरेका छन् ।’

जनमोर्चाले संसद अधिवेशनको अवधिभर संसदमा उठेका विषयहरुको जवाफ नै नदिई ओलीले संसद अधिवेशन अन्त्य गरेको आरोप लगाएको छ ।