काठमाण्डु – राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशले नयाँ सरकारका पक्षमा मत दिन ह्वीप जारी गरेको छ ।
सोमबार जनमोर्चाकी सचेतक पियारी थापाले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने नयाँ सरकारलाई मत दिन ह्वीप जारी गरेकी हुन् ।
गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने पार्टीहरु कांग्रेस, माअोवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीका ३१ जना प्रदेशसभा सदस्यहरुको मुख्यमन्त्री पदका लागि कृष्ण चन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि समर्थन रहेको हुँदा तत् प्रयोजनका लागि प्रदेश प्रमुख समक्ष सरकार गठन प्रस्तुत गर्ने दाबी पत्रमा अनिवार्य रुपमा हाम्रो संसदीय दलका सदस्यरुे हस्ताक्षर गर्ने यो निर्देशन जारी गरिएको छ’, ह्वीप पत्रमा भनिएको छ ।
सचेतक थापाले उक्त ह्वीप इमेल, फेसबुक,म्यासेन्जर, संसदीय दलको कार्यालयको सूचना पाटीमा टाँस गरिएको र हुलाकबाट सांसदहरुको ठेगानामा पठाएकी छन् ।
गण्डकीमा जनमोर्चाका दुई जना मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा छन् भने पियारी थापा नयाँ सरकार गठनको पक्षमा रहेकी छन् । उनीहरुबीच विवाद कायम भएपछि ह्वीप लगाइएको स्रोतले जानकारी दियो ।





प्रतिक्रिया