जनमोर्चाले राष्ट्रियसभा निर्वाचनको उम्मेदवार टुंगो लगायो

जनमोर्चाले राष्ट्रियसभा निर्वाचनको उम्मेदवार टुंगो लगायो


काठमाण्डु – राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकले जनमोर्चालाई दलित कोटामा एक सिट दिने निर्णय गरेपछि सो पार्टीले राजेश विश्वकर्मालाई उम्मेदवार चयन गरेको हो ।

राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते निर्वाचन हुँदैछ । प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य समेत रहेका विश्वकर्मा जीवन शर्मा नेतृत्वको रक्तिम सांस्कृतिक परिवारका पुराना कलाकार हुन् ।