काठमाण्डु – राष्ट्रिय जनमोर्चा पार्टीले स्थानीय निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ । संसदबाट एमसीसी पास भएपछि सत्ता गठबन्धनबाट बाहिरिएको जनमोर्चाले बैशाख ३० मा हुने स्थानीय तहको चुनावमा भने ५ दलीय गठबन्धनबाटै अगाडि जाने भएको हो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुटवलमा आगामी स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै नेपालमा सङ्घीय शासन प्रणाली छोटो अभ्यासबाटै असफल भएको पुष्टि भइसकेको बताए ।
केसीले संघीयताका कारण नेपालमाथि दिन प्रतिदिन आर्थिक बोझ थपिँदै गएकोले संघीयता खारेजी आफ्नो पार्टीको प्रमुख एजेण्डा भएको बताए ।
संघीयताकै कारण २०६२/६३ सालको ऐतिहासिक जनआन्दोलनका उपलब्धिमाथि र नेपालको कम्युनिस्ट आन्दोलनमाथि नै खतरा रहेको औँल्याउँदै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएर अहिलेको संघीयता खारेजी गर्नुपर्ने उनले बताए ।
स्थानीय तह नै जनताका समस्या, सेवा तथा विकाससँग प्रत्यक्ष रूपमा जोडिने भएकोले जनताको सेवा, विकास तथा स्थानीय सत्ताको पूर्व अभ्यासका लागि यसलाई बलियो बनाउनुपर्ने उनको भनाई छ ।







प्रतिक्रिया