काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रियसभा अध्यक्ष पदमा माओवादीकै दाबी रहने स्पष्ट पारेका छन् ।
आज सोमबार प्रतिनिधिसभा बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले माओवादी राष्ट्रिय सभामा ठूलो दल भएकाले अध्यक्षमा दाबी गर्ने बताए ।
उनले भने, ‘राष्ट्रिय सभाको सबभन्दा ठूलो दल हाम्रा हो । उसले दाबी नगरे कसले गर्छ ? संस्थागत रूपमा कसैको पनि सहमति भएको छैन । संस्थागत सहमति भएको छैन । ठूलो दलले दाबी नगरेमा कसले गर्ने ? भोलि सरकारको आलोपालो होला । त्यतिबेला हामी त संसदमा पनि हुँदैनौं । सरकारमा पनि हुँदैनौं । सबैतिर शून्य हुन्छ । त्यो हाम्रै हुन्छ ।’
उपमहासचिव शर्माले कांग्रेस महासमितिले आगामी निर्वाचनमा गठबन्धन नगर्ने भनी गरेको निर्णयबारे स्थायी कमिटी बैठकमा छलफल हुने जानकारी दिए ।




प्रतिक्रिया