अध्यादेश सरकारको घाँटीमा अड्कियो, निकाल्नुपर्‍यो : उपमहासचिव शर्मा

अध्यादेश सरकारको घाँटीमा अड्कियो, निकाल्नुपर्‍यो : उपमहासचिव शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले अध्यादेश सरकारको घाँटीमा अड्किएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकारलाई अध्यादेश घाँटीमा अड्किएको हड्डीजस्तै भइराखेको बताइ ।

अध्यादेशहरू संसद्मा निर्णयार्थ पेश गर्न उनले आग्रह गरे । उनले भने, ‘मीठो कुरा पनि हतारमा खाँदा घाँटीमा अड्कियो भने त्यसको स्वादको अर्थ हुँदैन । आज अध्यादेश कहाँ अड्किरहेको छ ? त्यसलाई छिटो ल्याउनुपर्‍यो, विषय त छलफल गरौंला नि त ! राम्रोलाई राम्रो भनौंला, नराम्रोलाई नराम्रो भनौंला । छलफल गरेर के गर्ने ? त्यसमा हामीले आफ्नो मत राखौंला तर घाँटीमा अड्केको हड्डीजस्तै भइराखेको छ, त्यसलाई निकाल्नुपर्‍यो ।’

सरकारले अध्यादेश ल्याउन सक्ने भए पनि पछिल्लो समय सरकारले ल्याएको अध्यादेशले कालोबजारी बढ्ने हो कि, सबै सरकारी जग्गा जमिन बाँडिने हुन् कि भन्ने जनतामा आतंक रहेको उनले बताए । उनले भने, ‘अध्यादेश ल्याउन हुन्छ, ल्याउन मिल्छ । त्यसभित्र के–के आयो भन्ने प्रश्न पो हो त ! त्यसले कालोबजारी बढ्छ कि भन्ने जनतालाई आतंक छ । कतै सबै सरकारी सम्पत्ति बाँडिन्छ कि भन्ने शंका छ ।’