कम्युनिष्ट नेतृत्वको सरकारबाट देशको अवस्था परिवर्तन भएन : उपमहासचिव शर्मा

कम्युनिष्ट नेतृत्वको सरकारबाट देशको अवस्था परिवर्तन भएन : उपमहासचिव शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पटक–पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार रहँदा पनि देशको अवस्था परिवर्तन नहुँदा गम्भीर प्रश्नको सामना गर्नुपरेको बताएका छन् ।

मंगलबार ४७औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित ‘वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन’ कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट आन्दोलनका एजेण्डा हराउँदै गएकाले कम्युनिष्ट पार्टीमा गम्भीर प्रश्न उठेको बताए ।

उनले भने, ‘आज लाखौंलाख युवाहरू विदेशमा श्रम पसिना बगाइरहेका छन् । हाम्रो जमिन बाँझो छ, खण्डहर बन्दैछन् । यहाँ गम्भीर प्रश्न छ । आज इतिहासको सबैभन्दा कटु प्रश्न हो यो । ९ पटक सरकारको नेतृत्व गर्दा के दियौं, के बदल्यौं, के पूरा गर्‍यौं वा किन गरेनौं ? यो प्रश्नको उत्तर दिन कम्युनिष्ट पार्टी तयार हुनुपर्छ ।’

उनले कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्दा पनि देशको गरीबीको अवस्था, उत्पीडित जाति, दलितहरू माथिको दमन, अत्याचार उस्तै रहेको बताए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पछिल्लो समय राजनीतिक आन्दोलनमा युवा पुस्ताको मनस्थिति फरक रहेको बताए । 

‘हामीले बिर्सिनु हँुदैन हरेक क्रान्तिकारी आन्दोलन यो युगको बौद्धिक आन्दोलन हो । सर्वश्रेष्ठ बौद्धिक आन्दोलन हो । त्यसको निष्कर्ष आफैंमा बौद्धिक निष्कर्ष हो । आजको राजनीतिक आन्दोलनमा युवाहरूको मनस्थिति फरक छ । युवाको मनस्थिति बुझ्न नसके यसको मूल्य हामीजस्तो दोस्रो पिँढीले तिर्नुपर्नेछ,’ उनले भने ।