जनार्दनले पार्टी एकतादेखि आजसम्मको काममा प्रचण्डलाई सहयोग गर्नुभएको छ : प्रचण्ड सचिवालय

जनार्दनले पार्टी एकतादेखि आजसम्मको काममा प्रचण्डलाई सहयोग गर्नुभएको छ : प्रचण्ड सचिवालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माका बारेमा प्रकाशित समाचारप्रति ध्यानआकर्षण भएको जनाइएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक विष्णु सापकोटाले एक विज्ञप्ति जारी गर्दै शर्माका बारेमा प्रशासित समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रेस संयोजक सापकोटाले आन्तरिक वैचारिक बहसहरु एक जीवन्त पार्टीका विशेषताहरु भएको भन्दै तिनै बहसका सम्बन्धमा मिडियामार्फत नेताहरुमाथि लगाईने आरोप र दुष्प्रचार निन्दनीय भएको बताएका छन् ।

शर्माले पार्टी एकतादेखि आजसम्मको काममा नेकपा अध्यक्ष प्रचण्डलाई सहयोग गर्दै आएको र अहिलेको पार्टीभित्रको आन्तरिक बहसमा पनि शर्मा पार्टी एकताका पक्षमा लागेको उल्लेख गरिएको छ । विज्ञप्तीमा नेत शर्माका बारेमा अध्यक्ष प्रचण्डसंग जोडेर गरिएको भ्रामक प्रचारहरुमा सत्यता नभएको दावी विज्ञप्तिमा गरिएको छ ।

पुर्व गृहमन्त्री समेत रहेका नेता शर्माले मन्त्री वन्न पछिल्लो समय दौडधुप गरेको र नेतृत्वलाई गुमराहमा पार्न खोजेको समाचार सार्वजनिक भएको थियो ।