पदको लोभ बिना पार्टी आन्दोलनको रक्षा गर्न लागेको छुः जनार्दन शर्मा

पदको लोभ बिना पार्टी आन्दोलनको रक्षा गर्न लागेको छुः जनार्दन शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले पार्टी एकता बच्लाकी भन्ने आतंकबाट उद्देलित भएर बिचलित हुनेहरुले भ्रम फैलाएको बताएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता शर्माले पार्टी एकता भाँड्ने तत्वहरु सक्रिय भएकाले भ्रममा नपर्न आग्रह गरेका छन् । ‘पार्टी एकताबाट मर्माहत प्रबृत्ति । पार्टी एकता बच्लाकी भन्ने आतंकबाट उद्देलित भएर दुस्प्रचार गरिरहेको कुराप्रती भ्रम नपरी पार्टी एकताको पक्षमा दृढतापुर्वक उभिन अपिल गर्दछु’, उनले भनेका छन् ।

त्यस्तै उनले आफू पदमोहमा केन्द्रीत नभएकाले पार्टी आन्दोलनको रक्षा गर्न सक्रिय रहेको उल्ल्ेख गरेका छन् । ‘कुनै पद प्राप्तिको लोभ बिना पार्टी आन्दोलनको रक्षा गर्न दृढतापुर्वक लागेको कुरा प्रष्ट पार्दछु’, नेता शर्माले भनेका छन् ।