काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले छिट्टै महाधिवेशनमा जान आग्रह गरेका छन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका नेता शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पार्टीभित्रको विवाद साम्य पार्ने उपाय महाधिवेशन भएको बताएका छन् ।
त्यस्तै उनले पार्टी फुटे पनि जुटेपनि महाधिवेशन नै अन्तिम विकल्प भएको बताएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष प्रचण्डले आफू पक्षीय नेताहरुसँग अनौपचारिक छलफल गरेका थिए ।
‘छिटो महाधिवेशनमा जाऊँ, पार्टी फुटे त्यही फुट्छ, जुटे त्यही जुट्छ ’, उनले भने ।




प्रतिक्रिया