दसैंभत्ताको रकम पूर्बजनमुक्ति सेनाको उपचारमा सहयोग गर्ने जनार्दन शर्माको घोषणा

दसैंभत्ताको रकम पूर्बजनमुक्ति सेनाको उपचारमा सहयोग गर्ने जनार्दन शर्माको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले दसैं भत्ता वापतको रकमले भेन्टिलेटर खरिद गर्न सरकारलाई सुझाव दिएका छन् ।

नेता शर्माले कोरोना भाइरसको महामारीका कारण जनता उपचार नपाएर छट्पटाइरहेको अवस्थामा सांसदलाई दसैंभत्ता बाँड्नु उचित नहुने तर्क गरेका छन् ।

त्यस्तै सांसद शर्माले दसैं भत्ताको रकम कालिकोटका पूर्बजनमुक्ति सेना नरेन्द्र बोहराको उपचारमा सहयोग गर्ने घोषणा गरेका छन् । उनको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

‘कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दसैं भत्ता सांसदलाई दिनु भन्दा भेन्टिलेटर किनौं । दसैं भत्ता स्वरुप आएको रकम कालिकोटका पूर्ब जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु’, उनले भनेका छन् ।