काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले महासचिव विष्णु पौडेलको सचिवालय बैठकमा प्रस्तुत गरिएको प्रस्तावको स्वागत गरेका छन् ।
बिहीबार ट्वीटरमार्फत नेता शर्माले बुधबार बसेको सचिवालयको बैठकमा पार्टीका आम कार्यकर्ताको भावना पहिलो पटक व्यक्त भएको बताएका छन् । उनले पार्टीभित्रका विषयलाई सत्यतथ्य रुपमा संस्थागत रुपमा बोल्नुपर्ने बताएका छन् ।
‘सचिवालयमा पार्टीका आम कार्यकर्ताको भावना हिजो पहिलो पटक व्यक्त भयो । महासचिव कमरेडलाई धन्यवाद । बाँकी सबै सत्य संस्थागत रूपमा बोल्न जरूरी छ । अब ढुंगामाथि पानी पर्यो रुझ्यो मात्र भिजेन… सँग कुरा गर्यो सुन्यो मात्र बुझेन को अवस्था अन्त हुनेछ’, उनले भनेका छन् ।
हिजाको बैठकमा महासचिव पौडेलले सचिवालय सदस्यहरुको सामूहिक राजीनामाको प्रस्ताव गरेका थिए ।उनले सबै सदस्यहरु पार्टीको संकट निवारणमा असफल भएको भन्दै सामूहिक राजीनामा दिन आग्रह गरेका थिए ।
‘पार्टीको विवाद हल गर्न नसक्ने भए हामी नौ जनाले नै सचिवालय सदस्यबाट राजीनामा दिऔं । स्थायी समिति बैठकमा नयाँ पुस्तालाई सचिवालयमा ल्याउन प्रस्ताव लैजाऔं,’ उनले भने ।




प्रतिक्रिया