अध्यादेश ल्याएपछि ओलीलाई जनार्दनको प्रश्नः सत्ता स्वार्थको परकाष्ठा किन ?

अध्यादेश ल्याएपछि ओलीलाई जनार्दनको प्रश्नः सत्ता स्वार्थको परकाष्ठा किन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता गर्न माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सत्ता स्वार्थको परकाष्ठा किन ? भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । नेता शर्माले हतास मनस्थितिबाट मुक्त हुन सरकारलाई आग्रह गरेका छन् ।

‘फेरि अध्यादेश । सत्ता स्वार्थको परकाष्ठा किन ? छलफल सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन । हतास मनस्थितिबाट मुक्त होऔं । अध्यादेश फिर्ता गर’, उनले भनेका छन् ।