काठमाण्डु – माओवादी केन्द्रका नेता जनार्दन शर्माले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत नेता शर्माले कोरोना भाइरस संक्रमणको संक्रमण नियन्त्रणका लागि सरकारले चाल्नुपर्ने कदम र जोखिम क्षेत्रमा काम गर्नेहरुको भत्ता उपलब्ध गराउनका लागि ६ बुँदे ध्यानाकर्षण गराएका हुन् ।
कोरोनालाई देखाएर देशका कतिपय अस्पतालमा ओपीडी सेवा समेत बन्द रहेकाले त्यसलाई सञ्चालन गर्न आग्रह गरेका छन् ।
उनले महामारीको जोखिम मोलेर काम गर्ने डाक्टर लगायत जोखिमका क्षेत्रहरुमा काम गर्ने सबैका लागी १०० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन पनि माग गरेका छन् ।
महामारीबारे सरकारको ध्यानाकर्षण
कोभिडको बिश्वब्यापी महामारी संगै नेपालमा पनि गम्भीर समस्या उत्पन्न भएको अवस्थामा उपचारका लागि आइसियु,अक्सिजन र कतिपय स्थानमा डाक्टर समेतको अभाव भइ उपचारमा गम्भीर समस्या पैदा भैरहेको छ ।
डाक्टर तथा स्वास्थ्यकर्मीहरुले उपचारमा महत्त्वपूर्ण भुमिका खेलिरहेको भएपनी कतिपय क्षेत्रमा डाक्टर र स्वास्थ्यकर्मीहरु सक्रिय बनाउनु पर्ने आवश्यक छ ।
देशका कतिपय अस्पतालमा ओपीडी सेवा समेत बन्द रहेका छन् यो अवस्थामा म सरकारको गम्भीर ध्यानाकर्षण गर्दै निम्न कामहरू तत्काल कार्यान्वयन गर्न माग गर्दछु ।
१) देश भरका सरकारी तथा निजि सबै अस्पताल संग भएको उपचार क्षमताको आकलन गर्ने । अस्पतालका सञ्चालक तथा डाक्टरहरु संग सहकार्य गरि ७० प्रतिशत कोभिड उपचारको लागि छुट्याउने ।
२) अक्सिजन प्लान्टहरु सुचारु गर्ने,सुचारु नभएका भए राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महाबिर पुनको सहयोगमा सञ्चालन तथा मर्मत गर्न ।
३) महामारीलाई ध्यान दिई अक्सिजन र सम्बन्धित औषधि सरकारले सबै जिल्ला अस्पतालमा पठाउने । सबै पालिकाहरुमा सामान्य बिरामीको अक्सिजन सहितको उपचारको व्यवस्था गर्न आवश्यक बजेट पठाउने ।
४) देशभर उपलब्ध डाक्टरहरुले संख्या कति छ एकिन गरि कर्णाली,सुप जस्ता दुर्गम क्षेत्र सहितका सबै आवश्यक स्थानमा व्यवस्थापन गर्ने ।
५) आइसियु इकुमेन्ट, अक्सिजन प्लान्ट लगायतका इकुमेन्टहरु हवाई मार्ग मार्फत तत्काल ल्याइ महामारी नियन्त्रणमा प्रयोग गर्ने सक्ने वातावरण बनाउने ।
६) महामारीको जोखिम मोलि काम गर्ने डाक्टर लगायत जोखिमका क्षेत्रहरुमा काम गर्ने सबैका लागी १०० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने ।




प्रतिक्रिया