जनार्दन शर्माको पहलमा रुकुम (पश्चिम)मा २९ थान अक्सिजन सिलिन्डर पठाइयो

जनार्दन शर्माको पहलमा रुकुम (पश्चिम)मा २९ थान अक्सिजन सिलिन्डर पठाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माको पहलमा रुकुम (पश्चिम)मा अक्सिजन सिलिन्डरको व्यवस्थापन भएको छ ।

कोरोना भाइरसका संक्रमित बढिरहेको र तिनिहरुको उपचारमा अक्सिजनको अभाव हुने अवस्थाको अन्त्य गर्दै नेता शर्माले जिल्ला अस्पताल रुकुम (पश्चिम) का लागि २९ थान अक्सिजन सिलिन्डर पठाएका हुन् ।

उनले उपलब्ध जनशक्ति परिचालन गरी बिरामीलाई उपचारमा कमि हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथै रुकुम जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । पूर्वमन्त्रीसमेत रहेका नेता शर्माको पहलमा अक्सिजन प्लान्ट जडान गर्न प्रतिमिनेट ४० लिटर अक्सिजन बहने क्षमताको मेसिन अस्पतालमा लगिएको छ ।