जनार्दन शर्मा अर्थमन्त्री बन्ने पक्का,आजै सपथ लिने

जनार्दन शर्मा अर्थमन्त्री बन्ने पक्का,आजै सपथ लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री बन्ने भएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा शर्मा अर्थमन्त्री बन्ने अन्तिम टुंगाे लागेकाे स्रोतले जानकारी दियो । माओवादी केन्द्रका नेता शर्माले सरकारको नेतृत्व गर्दै अर्थमन्त्रालयमा जाने रुची देखाएका थिए । उनि यसअघि नै उर्जा र गृहमन्त्री बनिसकेका छन् ।

देउवाले आज साँझ ६ बजे राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ लिँदैछन् । उनले आज पाँच सदस्यीय मन्त्रिमण्डल बनाउने भएका हुन् । आज कांग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुई जना मन्त्री बन्दैछन् ।

देउवाले कांग्रेसबाट नेताहरु बालकृष्ण खांड र मिनेन्द्र रिजाललाई शपथ खुवाउने तयारी गरेका छन् । माओवादी केन्द्रबाट नेता शर्मा  र पम्फा भुषाललाई आजै सपथ ग्रहण गराउने तयारी छ ।