गठबन्धन फेर्ने अभियानले अहिले काण्डै काण्ड हेरेर बस्न परेको छ : जनार्दन शर्मा

गठबन्धन फेर्ने अभियानले अहिले काण्डै काण्ड हेरेर बस्न परेको छ : जनार्दन शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डको व्यक्तिगत स्वार्थ र गठबन्धन फेरफारको कदमले अहिले पार्टी र सरकारको नेतृत्व चुनौतीपूर्ण बनाएको बताएका छन्।

वर्तमान राजनीतिक संकट र निकास विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नै बुद्धिले चुनावपछि सरकारको नेतृत्व गर्न पाएको अवसर गुमेको बताएका हुन् ।

उनले अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै गठबन्धन फेर्ने अभियानमा लागेका कारण विभिन्न काण्डै काण्ड हेरिराख्नुपरेको बताएका छन् ।

शर्माले भने, ‘चुनावपछि सरकारको नेतृत्व गर्ने अवसर पाएको पनि थियो। केही कामको थालनी पनि भएको थियो। तर आफ्नै बुद्धिले, के गर्छस् मङ्गले आफ्नै ढङ्गले भन्या जस्तो गठबन्धन फेर्ने अभियानमा लाग्नुको कारणले आज यस्तो ठाउँमा पुग्यो आज जनताको एजेन्डाहरू सम्बोधन गर्ने सम्भावना छैन। अहिले विभिन्न काण्डै काण्ड हेरिराख्नुपरेको छ। त्यसको जिम्मेवार पनि हामी हौँ।’

शर्माले पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापना गर्न नसक्दा आज समस्या देखा परेको बताएका छन्।

उनले भने, ‘कम्युनिस्ट धु्रविकरण आजको आवश्यकता छ। सानो समूह होइन, एउटा बृहत् स्वार्थ समूहभन्दा बाहिर रहेर। हामीले नेकपा बनाएर पनि प्रयास गर्‍यौँ। सिद्धान्त मिलेको थियो थिएन एउटा पाटो होला। मिलाउन सक्ने ठाउँ पनि थियो। जनताको साथले दुई तिहाइ नजिक बहुमत प्राप्त भयो। तर सत्ता स्वार्थको कारणले चिसो पानी खन्याइयो। म व्यक्तिबिशेृषलाई कुनै दोष दिन चाहन्नँ।’