जनार्दन शर्मा एकता प्रक्रियामा नजाने, डाके छुट्टै पत्रकार सम्मेलन

जनार्दन शर्मा एकता प्रक्रियामा नजाने, डाके छुट्टै पत्रकार सम्मेलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पत्रकार सम्मेलन बोलाएका छन् । पत्रकार सम्मेलन सत्कार क्याफे बखुण्डोल ललितपुरमा दिउँसो २ः३० बजे हुनेछ।

नेकपा एससहित साना दलसँग एकता गर्ने निर्णयमा असहमति राख्दै आएका शर्माले आज पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राख्न लागेका हुन्।

शर्माले आइतबार महाधिवेसन संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर एकता प्रक्रियामा आफू सहभागी नहुने प्रस्ट पारिसकेका छन्। शर्माले गएको शनिबार बसेको सचिवालय बैठकमा नेकपा एकीकृत समाजवादीसँगको एकताबारे लिखित असहमति पेस गरेका थिए।  त्यसपछि उनी एकताको भारी नबोक्ने भन्दै बैठक बीचमै छाडेर बाहिरिएका थिए। 

वाम दलबीचकाे एकता  गर्ने निर्णय अनुमोदन गर्न माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक मंगलबार दिउँसो एकबजे प्रज्ञा भवन कमलादीमा बस्दै छ।

शर्माले भने माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठकमा नगइ छुट्टै पत्रकार सम्मेलन गर्न लागेका हुन्।