जनार्दन शर्माले सार्वजनिक गरे २१ बुँदे प्रतिबद्धता (पूर्णपाठसहित)

जनार्दन शर्माले सार्वजनिक गरे २१ बुँदे प्रतिबद्धता (पूर्णपाठसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा रुकुम–पश्चिमका उम्मेदवार जनार्दन शर्माले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

मंगलबार उनले २१ वटा प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

प्रतिवद्धतापत्रमा उनले राजनीतिमा व्याप्त विकृति, विसंगति, राजनीतिलाई व्यापार र व्यक्तिगत स्वार्थसिद्ध गर्ने माध्यम बनाउने प्रवृत्ति तथा जनमतको दुरुपयोग र प्रतिशोधको भावनाविरुद्ध लड्नु आवश्यक रहेको औंल्याएका छन् ।

समाजलाई सभ्य, सम्पन्न, शान्त र लोकतान्त्रिक बनाउनुको साटो गाली–गलौजमार्फत आफूलाई राम्रो देखाउने, अपारदर्शीता, विलासिता र पारिवारिक स्वार्थजस्ता खराब व्यवहारलाई निरुत्साहित गर्ने कुरा पनि उनले आफ्नो पहिलो बुँदाको प्रतिबद्धतामा समावेश गरेका छन् ।

यस्तै उनले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा उभिँदै, जनचेतना अभिवृद्धि र दबाब सिर्जना गर्ने तथा नीतिगत सुधार र बलियो संरचनामार्फत भ्रष्टाचार निवारणमा सक्रिय रहने बताएका छन् ।

राज्यका नीति तथा योजना निर्माण, कार्यान्वयन र यसका निगरानीमा जनसहभागिता सुनिश्चित् गर्ने उनले २१ बुँदे प्रतिवद्धतामा उल्लेख गरेका छन् ।