माओवादीबाट जनार्दनले सरकारको नेतृत्व गर्ने, गृह र अर्थ कस्ले लिने भन्नेमा विवाद

माओवादीबाट जनार्दनले सरकारको नेतृत्व गर्ने, गृह र अर्थ कस्ले लिने भन्नेमा विवाद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–कांग्रेस सभापति शेरबहादुर देउवाले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भएका छन् । कांग्रेसबाट देउवाले नेताहरु बालकृष्ण खांड र मिनेन्द्र रिजाल र माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुषाललाई आजै सपथ ग्रहण गराउनेछन् ।

कांग्रेसबाट खांडलाई गृहमन्त्रालयको जिम्मेवारी दिने सम्भावना छ । माओवादी केन्द्रका नेता जनार्दन शर्माले उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालय लिने सम्भावना रहेको बताइन्छ । कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रालय बाडंफांडमा सहमती भने अहिलेसम्म नबनेको स्रोतको दावी छ । माओवादी केन्द्रको स्थायी समिति बैठक अहिले पार्टी केन्द्रिय कार्यालय पेरिशडांडामा जारी छ ।

माओवादी केन्द्रका नेता शर्माले सरकारको नेतृत्व गर्दै अर्थमन्त्रालयमा जाने रुची देखाएका छन् । उनि यसअघि नै उर्जा र गृहमन्त्री बनिसकेका छन् । माओवादी र कांग्रेसबीच गृह र अर्थ मन्त्रलाय कस्ले लिने भन्ने अझै टुंगिएको छैन ।

देउवा नेतृत्वको सरकार चुनावी सरकार भएकाले गृहमन्त्रालय आफुसंग राख्ने देउवाको तयारी छ । माओवादी केन्द्रका नेता शर्मा अर्थ नपाए गृहमा जानेमा छन् । यता जसपाको उपेन्द्र यादव पक्ष भने आजै सरकारमा सहभागी नहुने भएको छ । जसपाले आज बैठक बोलाएको छ ।

जसपामा उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सरकारमा सहभागी नहुने सम्भावना समेत रहेको स्रोतको दावी छ । जसपाले अरु नेताहरुको नेतृत्वमा मन्त्रीहरु केही दिनपछि सरकारमा पठाउने सम्भावना छ । यादव सरकारमा सहभागी भए उनले परराष्ट्रमन्त्रालय पाउने सम्भावना छ ।