जनार्दन शर्माले भने – म गृहमन्त्री बन्न लागेको खबर झुटो हो

जनार्दन शर्माले भने – म गृहमन्त्री बन्न लागेको खबर झुटो हो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले संघीयता कार्यान्यनको एजेण्डा बाहेक आफ्नो अन्य पदमा रहन कुनै योजना नरहेको बताएका छन् ।

केही सञ्चारमाध्यमले शर्मा फेरि गृहमन्त्री बन्न लागेको आशयसहितको समाचार प्रकाशित गरेपछि पूर्व गृहमन्त्रीसमेत रहेका शर्माले आफू पद खोज्दै नहिँडेको र योजना पनि नबनाएको बताएका हुन् ।

उनले समाजिक सञ्चालमार्फत भनेका छन्, ‘संघीयता कार्यनयनको ऐजेण्डा प्रती सचेतता पुर्वक लागेको कुरा बाहेक अन्य पद खोज्दै नहिडेको र योजना नबनाएको स्पष्ट गर्दछु । चासो चिन्ता भएका व्यक्तिहरुले मन्त्री नियुक्ति गर्ने र बर्खास्ती गर्ने सम्बन्धी निकाय वा मेरो नाम प्रयोग गरि समाचार बिकाउन मेहनत गर्नेहरुसंग सिधै सम्पर्क गर्न अनुरोध गर्दछु ।’

उनले चासो चिन्ता भएका व्यक्तिहरुले मन्त्री नियुक्ति गर्ने र बर्खास्ती गर्ने सम्बन्धी निकाय वा आफ्नो नाम प्रयोग गरि समाचार प्रकाशित गर्नेहरुलाई सत्यतथ्य बुझेर लेख्न पनि आग्रह गरेका छन् ।