यो चुनाव लक्षित बजेट होइन : अर्थमन्त्री शर्मा

यो चुनाव लक्षित बजेट होइन : अर्थमन्त्री शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अर्थमन्त्री जनार्दन शर्माले हालको बजेट चुनावी बजेट नभएको बताएका छन् । सोमबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले विपक्षीहरुले चुनावी बजेट भनेर प्रचार गरेपनि बजेट चुनावी नभएर अहिलेको वास्तविकता सम्बोधन गर्ने खालको भएको बताएका हुन् ।

उनले प्रश्न गर्दै भने, ‘कृषि उत्पादनलाई प्राथमिकता दिने कुरा, कृषकको पेन्सनको व्यवस्था गर्ने कुरा कसरी चुनावी हुनसक्छ ? यो अहिलेको आवश्यकता होइन ?’

त्यस्तै अर्थमन्त्री शर्माले निजी क्षेत्रलाई विश्वासमा लिने बजेट रहेको दाबी गरे । उनले निजी क्षेत्रलाई उत्पादनमा उत्साहित बनाउने उनीहरूको माग सम्बोधन गरेर बजेट ल्याएको दाबी गरे ।

‘व्यापार हैन, निजी क्षेत्रलाई उत्पादनमा उत्साहित गर्ने हाम्रो नीति हो । ७० प्रतिशत योगदान दिने निजी क्षेत्रलाई विश्वास लिने बजेट ल्याएका छौँ । निर्यातमा नगद अनुदान र विजुलीमा छुट सिमेन्ट उद्योगलाई टार्गेट गरेका छौं । अब सिमेन्ट निर्यात गर्ने लक्ष्य हो ।’