लोकप्रिय हुन बजेट ल्याएको हैन : अर्थमन्त्री शर्मा

लोकप्रिय हुन बजेट ल्याएको हैन : अर्थमन्त्री शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थमन्त्री जनार्दन शर्माले मासिक १० प्रतिशत बजेट खर्च गर्ने घोषण गरेका छन् । गएको जेठ १५ गते अध्यादेशमार्फत ल्याइएको बजटेलाई प्रतिस्थापन गर्ने बजेट प्रतिस्थापन विधेयक ल्याएपछिको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले पुँजीगत खर्च बढाउन मासिक रूपमा १० प्रतिशत पुँजीगत खर्च गर्ने बताएका हुन् ।

“पुँजीगत खर्च बढाउन मासिक रूपमा १० प्रतिशत पुँजीगत खर्च गर्ने योजना बनाएका छौँ,” उनले भने, “त्यसको लागि एउटा टिम बनाएका छौँ, जसले पुँजीगत खर्चको अनुगमन र कार्ययोजना बनाउँछ ।”

त्यसैगरी उनले लोकप्रिय हुनका लागि प्रतिस्थापन विधेयक नल्याएकोे जानकारी दिए । अर्थमन्त्री शर्माले भने, “बजेट लोकप्रिय हुनको लागि ल्याइएको हैन् । लोकप्रिय भन्दा पनि कार्यान्वयन हुनुपर्यो, काम राम्रो भएमा आफैँ लोकप्रिय भइन्छ ।”