काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल गठन नगरेसम्म पिडितको आवाज सम्बोधन नहुने बताएका छन् ।
बिहिबार बसेको प्रतिनिधिसभाको बैंठकमा बोल्दै सांसद शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन नहुँदासम्म पीडितको आवाजलाई संबोधन गर्ने, सत्य तथ्य पत्ता लगाउने, न्याय निरुपण गर्ने र मुख्य त मेलमिलाप गर्ने कुरा अधुरो रहेको बताए ।
उनले शान्ति प्रक्रिया टुंगोमा पु¥याउन सरकारले हेलचेक्र्याईं गरेको बताउँदै सत्य निरुपण आयोगका पदाधिकारी सिफारिस गर्न समिति बने पनि नाम सिफारिस नभएको भन्दै उनले तत्काल आयोग गठनको काम अगाडि बढाउन माग गरेका छन् ।




प्रतिक्रिया