काठमाण्डु – अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आफूमाथि लागेका आरोप पुष्टि गर्न चुनौती दिँदै शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन ।
उनले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा कुनै त्रुटी नगरेको दाबी गर्दै एउटा होइन, हजारवटा छानबिन समिति सामना गर्न तयार रहेको पनि बताए । बजेट निर्माणको बेला अनधिकृत व्यक्तिलाइ ल्याएर करका दर हेरफेर गरेको आरोप अर्थमन्त्री शर्मामाथि लागेको थियो ।
उनले संसदमा बोल्दै बजेट निर्माण गर्दा कानुन र नियम पालना गरेको बताए । उनले भने, ‘मैले अरुले जस्तो बीमा रकम हिनामिना गरेको छैन् । बच्चाले खाने दूधको मूल्यवृद्धि गरेर चकलेटको कर घटाएको छैन । समितिले छानबिन गरे हुन्छ ।’




प्रतिक्रिया