संसदीय समितिमा जनार्दनको तीन घण्टा, बयानमा के भने ?

संसदीय समितिमा जनार्दनको तीन घण्टा, बयानमा के भने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – करको दायरा हेरफेर गरेको र सिसिटीभि फुटेज डिलिट गरेको विषयमा छानविन गर्न बनेको संसदीय विशेष समितिले पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग बयान दिएको छ । समितिले संघीय संसद् सचिवालयमा पूर्वअर्थमन्त्री शर्मासँग बिहीबार बिहान करिब तीन घण्टा बयान लिएको हो ।

बजेट निर्माणका क्रममा गत जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको भन्ने जेठ ३० गते समाचार सार्वजनिक भएको थियो । सो विषयमा अर्थमन्त्री शर्मामाथि छानविन सभामुख अग्नि सापकोटाले ११ सदस्यीय संसदीय विशेष छानविन समिति बनाएका थिए ।

उक्त आरोप लागेपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिइसकेका छन् । शर्मासँग सोही समितिले आज बयान लिएको हो । शर्माले बयानका क्रममा आफुमाथि लागेको आरोपको खण्डन गर्दै मन्त्रालयमा बाहिरका मान्छे प्रवेश गर्ने सम्भावना नै नरहेको बताएका छन् ।

‘त्या को भित्र आयो को गयो भन्ने कुरा सजिलै थाहा हुनसक्छ । सुरक्षाकर्मी, मर्यादापलकहरु हुन्छन । बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन । सिसीटिभी फुटेजबारे मन्त्राीलाई कसरी थाहा हुन्छ कहिलेसम्म रहन्छ भन्ने कुरा,’ उनले बयान दिँदै भनेका छन ।

बयानपछि बाहिरिने क्रममा शर्माले पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै समितिले सोधेको सबै जवाफ दिएको बताए । ‘उहाँहरूले सोधेका प्रश्नको जवाफ दिएको छु, बाँकी कुरा उहाँहरूले भन्नुहुनेछ ।’

बुधबार तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेरमा संलग्न गराएको भन्ने समाचार लेख्ने पत्रकारसँग समितिले छलफल गरेको थियो । समितिले बुधबार अन्नपूर्ण पोस्टका पत्रकारहरू सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको थियो ।

समितिले पत्रकारद्वयलाई उक्त समाचार कुन आधारमा लेखिएको हो ? भनेर सोधेको थियो । तर उनीहरुले स्रोत खुलाउन नमिल्ने भन्दै समाचारको स्रोत समतिलिाई दिन मानेनन् । समितिले बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका अन्य १० अधिकारीसँग पनि छलफल गरिसकेको छ ।

त्यसमा सचिवहरू मधुकुमार मरासिनी र कृष्णहरि पुष्कर राजस्व व्यवस्थापन महाशाखा प्रमुख भुपाल बराल, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, प्रशासन महाशाखा प्रमुख केदार शर्मा, भन्सार विभागका महानिर्देशक कमल भट्टराई, आन्तरिक राजश्व विभागका महानिर्देशक रितेशकुमार शाक्य, सूचना प्रविधि हेर्ने उपसचिव ठेकु श्रेष्ठ, राजश्व व्यवस्थापन महाशाखाका उपसचिवहरू सरद निरौला र गोपाल खत्री रहेका छन ।