जनार्दन शर्माले गरे उपमहासचिव पद अस्वीकार

जनार्दन शर्माले गरे उपमहासचिव पद अस्वीकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन् ।

बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिव नभई संगठन विभाग प्रमुखको रूपमा बोल्न उभिएको बताएका हुन् ।

अनेरास्ववियू क्रान्तिकारीको ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रमका सञ्चालक महासचिव दिपेश पुनले शर्मालाई पार्टी उपमहासचिवको रूपमा सम्बोधनका लागि निम्त्याएपछि उनलेले उपमहासचिवको प्रसंग निकाल्दै आफू संगठन विभाग प्रमुखको रुपमा बोल्न उभिएको बताए ।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागि थिए । देव गुरुङलाई महासचिव बनाउने प्रचण्डको निर्णयमा शर्मा असतुष्ट थिए । तर, शर्माले यसभन्दा अघि यसरी उपमहासचिव पद अस्वीकार गरेकोबारे बोलेका थिएनन् ।