काठमाण्डु- नेकपा माओवादी केन्द्रको कार्य विभाजनप्रति पार्टीका उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बिहानदेखि सुरु भएको पार्टी स्थायी समिति बैठकमा नेता शर्माले नेताहरूको कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै फरक मत राखेको हुन् ।
उनले प्रदेश इन्चार्जहरू हेरफेर गर्दा आफूप्रति पूर्वाग्रह राखिएको गुनासो गरे । ‘कार्यबिभाजन सही भएन । विधान अधिवेशनमा नेताहरू निर्वाचित हुनुपर्छ भनेर मैले राखेको विषयलाई लिएर कार्य विभाजन गर्दा पूर्वाग्रह राखियो।’, बैठकमा शर्माले भने ।
मंगलबार बसेको माओवादी स्थायी समिती बैठकले १० प्रदेश इन्चार्ज परिवर्तन गर्ने निर्णय गरेको थियो।




प्रतिक्रिया