देशमा नयाँ कुलमानहरूको आवश्यकता छः जनार्दन शर्मा

देशमा नयाँ कुलमानहरूको आवश्यकता छः जनार्दन शर्मा


काठमाण्डु – नेकपाका प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले जनताका समस्या समाधान गर्न नयाँ कुलमानहरूको आवश्यकता रहेको बताएका छन् ।

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन विरुद्ध काठमाण्डुमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता शर्माले सक्षम राजनीतिक नेतृत्व भएका नयाँ कुलमानहरूको आवश्यकता रहेको बताएका हुन् ।

‘जनताका समस्याहरू समाधान गर्न नयाँ कुलमानहरू नियुक्त गर्नुपर्छ । त्यसका लागि सक्षम राजनीतिक नेतृत्व चाहिन्छ’, उनले भने ।

उनी ऊर्जामन्त्री हुँदा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरिएको थियो । कुलमानको कार्यकालमा नेपालमा लोडसेडिङ अन्त्य भएको थियो ।